६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

५० किलो गाँजासहित एक व्यत्ति पक्राउ परे



५० किलो गाँजासहित एक व्यत्ति पक्राउ परे । गाँजासहित हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित भारत सितामणि थानाबेला–१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : ३२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.