२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

अचानक किन गय मेयर र उपमेयर सिसडोलमा के भयो ?



काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र सुनिता डंगोल सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भयपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।

यस्तै मेयर बालेनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।उनले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मन बनाउने गरी योजना बनाएको पनि सुनाए ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए । मन्त्री झाक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयर काठमाडौं महानगरबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।

कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : २० बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.