७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

आयल निगमले घटायो डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०/१० रुपैयाँ



काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १०/१० रुपैयाँ घटाएको हो ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले इन्धनको रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे १७० र डिजल/मट्टितेल लिटरकाे १५३ रुपैयाँमा झरेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ८ : ५९ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.