१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

पूर्वराजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रहरीले गर्‍यो हवाईफायर



नेपालगन्ज । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक झडप भै तनावग्रस्त बनेको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको थियो ।

झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.