काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिल क्षेत्रमा बुधबार विहानै माइकिङ भयो, ‘कृपया फोहोर बोक्ने गाडी नआएसम्म घरभित्रको फोहोर बाहिर ननिकाल्नुहोला ।
’ चाबहिल क्षेत्रमा मात्रै होइन, काठमाडौं महानगरका साथै अन्य पालिकाले पनि फोहोर घरभित्रै राख्न अनुरोध गरियको थियो ।
हुन त ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको पटक–पटकको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रुपमा व्यवस्थापन हुन नसकेको पनि ३/४ महिनाभन्दा बढीनै भयो । सडक किनारमा फोहोर थुप्रिने र बेलाबेला व्यवस्थापन हुने गरेको थियो ।
सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि ११ जेठदेखि बञ्चरेडाँडाको नयाँ ल्यान्डफिल साइटमा फोहोर फाल्न थालियाको थियो । त्यहाँ पनि स्थानीयले जग्गा अधिग्रहण गर्नुपर्नेदेखि विभिन्न पूर्वाधार बनाउनुपर्ने माग गर्दै अवरोध गरेका छन् ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवालासँग छलफल गर्दै बञ्चरेडाँडामा फोहोर फाल्ने सहज वातावरण बनाउन प्रयत्न गरेकी थिइन् बहने स्थानीयबासीको जायज माग सम्बोधन गर्ने आश्वासन पनि दिइन् । स्थानीय प्रशासनले पनि सुरक्षाकर्मी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्दै आएको थियो