९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

भित्रभित्रै बाम गठबन्धन बन्दै संघीय चुनाव अघि नै मिल्ने संभावना



काठमाण्डौँ । स्थानीय तह निर्वाचनको परिणाम आए लगतै तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका गाइगुइ कताकता सुनुनेगर्छ । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भएका थिय । अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ। ‘भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, एमालेका एक पदाधिकारीले भने।

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको स्प्रस्ता देखियकै छ। संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ। ‘वाम गठबन्धन प्रस्ताव प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आएका छन् तर ती विश्वासयोग्य छैनन्’, नेकपा एसका अध्यक्ष नेपाल निकट स्रोतले भन्यो।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १० : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.