१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

महिला अधिकार को नाम मा डलर धन्दा बन्द गरौं । मन्दिरा शर्मा



यो मिरुना मगर काण्ड पछि एक पटक फेरि सोच्नु पर्ने अवस्था आएको छ, महिला अधिकार को नेपालमा अल्ली बढी नै दुरुपयोग भएको हो कि ।फुर्वा लामा जो १७-१८ वर्ष देखि एक भिक्षु को जीवन पद्धति प्राक्टिस गरिरहेको र मन परेको कलाकार दयाहाङ को फिल्म हेरौं भनेर गएको अवस्था मा सबैले हेरोइन संग सेल्फी ली रहेको देख्दा एक शट लिईदीउ भन्दा पछाडी बाट अरु कसैले ठेलेको कारण ले सन्तुलन बिग्रिएर धक्का लागेको कुरा बस् यति नै थ्यो कहानी। जुन कुरा भीड भाड मा सामान्य नै हो भन्ने कुरा नायिकाले बुझ्नु पर्छ कि पर्दैन? चाहे जो सुकै कलाकार होस् उसको लोकप्रियता मापन गर्ने त्यही भीड हो फेरि।के अब हामी २१ औं शताब्दी मा पनि कट्टर इस्लामिक देशहरु को जस्तो लैंगिक विभाजन प्रथा मा जान पर्ने हो?महिला पुरुष बीचको सह अस्तित्व अब पुरुष को लागि भय र त्रास हुन लागेको छ। के अब शौचालय मा जस्तै हरेक ठाउमा महिला पुरुष को अलग अलग व्यवस्था गर्नु पर्ने हो? नत्र त एक दिन यस्तो न आउला भन्न सकिन्न आइमाई केटी देख्न साथ कुलेलम ठोक्न परोस् आफनै अस्तित्व बचाउन को लागि।सुन्दर अनुहार भित्र को कुरुप सोच र बैंशले मात्तिएर गरिने यस्ता अभद्र ब्यबहार ले साच्चै भन्नुपर्दा प्राय पुरुषहरुले नै बढि यातना भोग्नुपर्ने देखिन्छ।
महिला अधिकार को नाम मा डलर धन्दा बन्द गरौं,अधिकार को प्रयोग गर्दा कर्तव्य लाई नी सम्झिने गरौं।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.