६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङसंग मागिन माफी



काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी गरि दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरे ।

नायिका मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ०३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.