६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

बालेनले ओलीलाई भेट्नुको रहस्य यस्तो छ



काठमाडौं। बालेन साहले काठमाडौंको मेयरको सपथ लिएपछि वडाध्यक्षसहितको पहिलो बैठक डाके । बैठकमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु नरम रुपमा प्रस्तुत भए । बालेनलाई पूर्ण साथ दिने गरी प्रस्तुत भए । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु भने बालेनप्रति कडा भए ।

बालेनको जीतमा ओली पनि खुशी भएको बुझिएको छ । बालेनले पनि एमालेबाट साथ पाउने आशा गरेको देखिन्छ ।

एमाले बालेनप्रति नरम हुनु र काँग्रेस कडा हुनुको रहस्य खुलेको छ । बालेनले निर्वाचित हुनु अघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगी भेटेको खुलेको छ । ओलीले बालेनलाई खुलेर बधाई दिएका थिए । उनको हात नै समातेर खुशी साटेका थिए ।

बालेनले निर्वाचित भई सपथ लिएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मासँग जँगी अड्डामै भेटेका थिए । । महानगरपालिकाको मेयरको मतगणना चलीरहेका बेला बालेनका सर्मथकहरुमा जितको उत्साह त देखिएको थियो नै ।जति मत घट्दै जान्छन् बालेनको जित निश्चित भएसँगै उनीहरुको अनुहारमा खुशीको चमक थपिँदै गएको पनि थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ६ : ३२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.