महानगरपालिकाको मेयरको मतगणना चलीरहेका बेला बालेनका सर्मथकहरुमा जितको उत्साह त देखिएको थियो नै ।जति मत घट्दै जान्छन् बालेनको जित निश्चित भएसँगै उनीहरुको अनुहारमा खुशीको चमक थपिँदै गएको पनि थियो । यसैबिच मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेको रहस्य अहिले बाहिर आएको छ ।
यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेको भएता पनि परिणाम आएर बालेनले समथ लिएपछि बल्ल बाहिर आएको छ ।बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीलाई उनकै निवासमा पुगेर भेटेको खुलासा गरेका छन् ।
समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको भन्दै बालेनले भेट गरेको बालेन निकट स्रोत बतायकोछ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक भएता पनि व्यबस्तताका बाबजुत भेटघाट सम्भव भयको थेन ।बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेका हुन् । कुराकानीको सबै बिबरण बालेनको टिमले केही समयमा सार्वजनिक गर्ने जनाएको छ ।