३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

कबड्डी–४ को पोष्टर जलाईयो,नायिका मगरले सार्बजनिक रूपमा माफी माग्नुपर्ने माग



 काठमाडौं । नेपाली चलचित्रकी नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै मंगलबार काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरिएको छ ।

बौद्ध भिक्षु समेत रहेका फुर्वा लामामाथि दुर्व्यवहारको आरोप लगाउने चलचित्र ‘कबड्डी–४’ की नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसहित एक समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरूले कबड्डी–४ को पोस्टर जलाएका थिए । चलचित्रको प्रचारका लागि गएका बेला लामाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो । मंगलबारै लामालाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.