६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025
Breaking news

कांग्रेसले यसरी जितेछ सोताङ गाउँकार्यपालिकामा हेर्नुहोस भिडियो सहित


सोलुखुम्बु।नेकपा एमाले सोताङ गाउँपालिका कमिटीले पार्टीको तर्फबाट निर्बाचित दुई जना जनप्रतिनिधिलाई कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

सोमबार सम्पन्न सोताङ गाउँकार्यपालिका सदस्यको निर्बाचनमा नेपाली कांग्रेसले देखाएको आर्थिक प्रलोभनमा परी पार्टी ह्विप बिपरित कांग्रेसका उम्मेदवारको पक्षमा मतदान गरेको भन्दै एमालेले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा वडा नं २ को वडा सदस्यमा निर्बाचित दुर्गाप्रसाद राई र वडा नं- ४ का वडा सदस्य सन्देश तामाङमाथि कारबाही प्रक्रिया अघि बढाउन लागेको हो। नेकपा एमाले सोताङ गाउँपालिका कमिटीका अध्यक्ष बीरबहादुर राईले आज जारी गरेको बिज्ञप्तिमा जनाइए अनुसार २ नं वडा सदस्य राईले २५ हजार रुपैयाँ पाउँने सर्तमा ५ हजार रकम बैना लिएर तथा ४ नं वडा सदस्य तामाङले लाखौंको योजना दिने आश्वासनका कारण एमाले हराउन कांग्रेसको पक्षमा मतदान गरेका थिए।तर कांग्रेस कार्यकर्ताहरुले ज्यानै लिने धम्की दिएपछि आफुले बाध्य भएर कांग्रेसको पक्षमा मतदान गरेको स्पष्टीकरण पार्टीलाई दिएको बताईएको छ।

डर,धाक र प्रलोभनमा परी पार्टीका उम्मेदवार हराउने कार्यमा संलग्न हुनु अत्यन्तै निकृष्ट र घृणित कार्य भएको अध्यक्ष राईद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। बिज्ञप्तिमा वडा नं-२ को वडाध्यक्षमा पराजित नेपाली कांग्रेसका उम्मेदवार उत्तमप्रसाद राईले उनीहरूलाई आर्थिक प्रलोभन देखाएर बैना रकम उपलब्ध गराएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।यो घटनाले हालै सम्पन्न स्थानीय तह निर्बाचनमा सोताङमा नेपाली कांग्रेसले यस्तै आर्थिक चलखेल र डर त्रास देखाएर बिजय हासिल गरेको पुष्टि भएको भन्दै बिज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सचेतसमेत गराईएको छ। सोताङ गाउकार्यपालिका सदस्य निर्बाचनका लागि आज निर्बाचन सम्पन्न भएको थियो।कांग्रेस र एमालेका १३/१३ मत भएपनि एमालेलाई आफ्नै प्रतिनिधिले धोका दिएपछि कार्यपालिकामा कांग्रेस उम्मेदवारहरु अल्पसंख्यकबाट कुबिर नाछिरिङ र उत्तम नाछिरिङ, महिलाबाट जुना नेपाली, कबिता नाछिरिङ, सकुन्तला भुजेल र लक्ष्मी बिश्वकर्मा निर्बाचित भएका थिए।


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.