६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

युवा नेता महेश बस्नेतलाइ के भयो अचानक ?



नेकपा एमालेका युवा नेता भक्तपुर जिल्लाबाट विजयी सांसद महेश बस्नेत अचानक बिरामी पर्नुभएको छ ।

उहाँको पित्तथैलीमा पत्तथरी देखिएको छ । एपेन्डिक्सको अप्रेशनपछि उहाँको यो दोस्रो अप्रेशन हो ।अस्वस्थ भएपछि उहाँको पित्तथैलीमा रहेको पत्तथरी शल्यक्रिया गरेर निकालिएको छ ।उहाँको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको पारिवारीक स्रोतले पुष्टि गरेका छन् ।

उहाँको उद्योग मन्त्री भएका बेलापनि एउटा शल्यक्रिया गरिएको थियो । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँको एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो ।

पेट अत्याधिक दुखेपछि त्यहाँ पुग्नुभएको उहाँको एपेन्डिक्समा समस्या देखिएको थियो । त्यसपछि अतिसघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.