काठमाडौं। लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा .डा. जगतप्रसाद उपाध्यायको प्रमुखआतिथ्यमा शनिबार सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार पुरुषोत्तम सिग्देललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न चालिसौं श्रृङ्खलामा प्रतिष्ठानका उपाध्यक्ष साहित्यिक पत्रकार तथा नियात्राकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार सिग्देलको ब्यक्तित्वका बिषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रा डा जगतप्रसाद उपाध्याय,कवि पुरुषोत्तम सिग्देल,प्रज्ञा खनाल,मुकुन्द न्यौपाने, रामप्रसाद पन्त, कुमार नेपाल, सुरेश वैद्य, रत्न विरही घिमिरे, सुशील आचार्य, महेशप्रसाद रिजाल, बिन्दु अधिकारी ढकाल, सुन्दर खड्का, विजयध्वज थापा, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय,उत्तम विचार , विनिता अर्याल, श्रवन कार्की , धरणीधर गुरागाई, मदनप्रसाद नेपाल, शम्भु प्रसाद गजुरेल, गंगा आचार्य, एमपी पाण्डे, गंगा आचार्य सेढाई ले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
सो कार्यक्रम स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका आकर्षक ढङ्गले निर्वाह गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउंदा आफू र संस्था समेत सम्मानित भएको धारणा राख्नुभएको थियो। उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो ।
कार्यक्रमको शुरुमा उक्त स्कुलका संस्थापक नेपाल सरकारका पूर्व सचिव देवराज रेग्मी तथा उहाँका सुपुत्र प्रज्ञाराज रेग्मी कोभिडको कारणबाट देहवसान हुनु भएकोले एक मिनेट मौन धारणा गर्दै दिवंगत आत्माको शान्तिको कामना गरिनुको साथै प्रमुख अथिति लगायत सबैले पटक पटक दु:ख व्यक्त गर्नु भयो ।