६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

वाइसीएल नेपालको केन्द्रीय नेता ज्ञान बहादुर ढुङ्गानाले किन यसरि मनाय जन्मदिन



काठमाडौं ।आजभोलि पाश्चात्य संस्कारको सिको गर्दै प्राय: आफ्नो जन्मदिन, बिबाह, बैबाहिक बर्षगाँठ, अन्नप्रासन, चुडाकर्म/उपनयन जस्ता कार्यहरु होटल, क्याफे, रेष्टुरेन्ट, रिसोर्ट, पार्टी प्यालेशमा विभिन्न परिकार र पेय पदार्थ खानपिन गरि चर्को आबाजको गीत संगीतमा राती अबेर सम्म झुम्दै मनाउने ‘चलन’ लाई चुनौती दिदै आज काठमाडौंका एक युवा नेताले आफ्नो जन्म दिन फरक ढंगले मनाउनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको केन्द्रीय नेता ज्ञान बहादुर ढुङ्गाना (सुबित) ले आफ्नो जन्मदिन काठमाडौं बुढानीलकण्ठ नपा- ८, गोल्फुटार स्थित दिब्य सेवा निकेतन नामक बृद्दा आश्रममा आमाहरुसङ्ग मनाउनु भएको हो।
उहाँले आश्रममा रहनुभएका आमाहरु सङ्ग खुसी बाड्दै आगामी दिनमा आफ्नो घर परिबारका हरेक शुभ कार्यहरू यहि आश्रममा आएर आमाहरु सङ्गै मनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो। हाम्रै मौलिक संस्कार र संस्कृतियुक्त समाज निर्माणमा आफुले यस्तै स-साना काम गरि सबैलाइ प्रेरणा दिने जानकारी गराउँदै आश्रमको संचालक प्रबिण दिदी तथा आमाहरुसङ्ग आशीर्वाद लिदै उक्त आश्रमलाई हर प्रकारले आफुले सकेको सहयोग गर्ने पनि वचन दिनुभयो।
आफ्नो परिबार समेत आश्रम पुग्नुभएको नेता सङ्गै वाइसीएल नेपालका संयोजक सुमन देबकोटा, वाइसीएलका नेता ज्ञानेन्द्रा बहादुर गुरुङ्ग (सपरिबार), अरुण कुमार क्षेत्री , कुमार खरेल लगायतका ब्यक्तिहरु पनि सहभागी हुनुभएको थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ७ : १२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.