२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

राप्रपाभन्दा पनि पछि पर्यो माओवादी केन्द्र

काठमाडौं महानगरपालिकाको अन्तिम नतिजा अनुसार प्रमुख राजनीतिक दलका ७० हजार मतदाताले मेयरमा स्वतन्त्र उम्मेदवारलाई रोजेको देखिएको छ ।

प्रमुख पाँच दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको कुल मतमध्येबाट ६९ हजार ७८९ मत स्वतन्त्र उम्मेदवारतर्फ गएको देखिएको हो ।

३२ वटै वडामा वडाध्यक्ष उठाएको नेकपा एमाले वडाध्यक्षका उम्मेदवारले पाएको मतको योगफलमा महानगरेको पहिलो दल बनेको छ । जसका लागि उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार ७७१ मत पाएका छन् । जसमा १२ वडाध्यक्ष जितेका छन् ।

तर एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले सो मतभन्दा २४ हजार ९ मत कम पाएका छन् । जुन मतमध्ये बढी जसो मत स्वतन्त्रतर्फ गएको देखिन्छ । स्थापितले ३८ हजार ११७ मत पाएर तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

यस्तै ३२ मध्ये ३१ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष उठाएको थियो । जसमा उसका ३१ वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार १२६ मत पाएका छन् ।

कांग्रेसलाई सत्तारूढ गठबन्धनका अन्य प्रमुख दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि समर्थन थियो । जसमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले कुल २ हजार २८१ मत प्राप्त गरेका छन् भने, नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले १४ हजार २५९ मत पाएका छन् । जबकि राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले कुल ११ हजार २२५ मत ल्याएका छन्

यसरी गठबन्धनका तीन वटै दलका वडाध्यक्षहरूले पाएको मतको योगफल ७८ हजार ६६६ मत हुन आउँछ । तर, गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले भने त्यसमध्येबाट ५० प्रतिशत मत पनि पाउन सकिनन् । उनले ३८ हजार ३४१ मत मात्रै पाएकी छन् । जुन गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको कुल मतमध्ये ४० हजार ३२५ मत कम हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको कुल मतको झण्डै आधा मत राप्रपाका मेयरका उम्मेदवारभन्दा बाहिर गएको छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले कुल ११ हजार २२५ मत ल्याउँदा मेयरका उम्मेदवार मदनदास श्रेष्ठले भने जम्मा ५ हजार ७७० मत मात्रै ल्याएका छन् ।

कांग्रेसलाई सत्तारूढ गठबन्धनका अन्य प्रमुख दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि समर्थन थियो । जसमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले कुल २ हजार २८१ मत प्राप्त गरेका छन् भने, नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले १४ हजार २५९ मत पाएका छन् । जबकि राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले कुल ११ हजार २२५ मत ल्याएका छन्

यसरी गठबन्धनका तीन वटै दलका वडाध्यक्षहरूले पाएको मतको योगफल ७८ हजार ६६६ मत हुन आउँछ । तर, गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले भने त्यसमध्येबाट ५० प्रतिशत मत पनि पाउन सकिनन् । उनले ३८ हजार ३४१ मत मात्रै पाएकी छन् । जुन गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको कुल मतमध्ये ४० हजार ३२५ मत कम हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : २१ बजे

©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.