६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कोरियन भाषा (ईपीएस) परीक्षा जेठ १९ गतेदेखि शुरु हुँदै



काठमाडौं । दुई वर्षदेखि स्थगित भएको कोरियन भाषा (ईपीएस) परीक्षा जेठ १९ गतेदेखि शुरु हुँदैछ ।

परीक्षा असार ३ गतेसम्म संचालन हुने जनाइएको छ । स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ १९ गतेवाट सुचारु गर्न लागिएको हो । बैशाख २६ गते सञ्चालन हुने गरी यसअघि मिति तोकिएको भएपनि स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।

Beginner Korean language learner writing Hello word in Korean characters on a notebook macro shot

वैदेशिक कोरियन भाषा परीक्षामा उत्तीर्णहरुमध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो । रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ । हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन नसके पनि सन् २०२२ मा भने नेपालीलाई लैजान कोरिया मञ्जुर देखिएपछि परीक्षा शुरु गर्न लागिएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १० : २६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.