३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिए



काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्।

म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार जितलाई सामान्यरुपमा लिएको छु,’ उनले धन्यबाद वक्तव्य जारी गर्दै भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको समृद्धि यहाँको सम्पदा, यहाँको सँस्कृतिप्रति यहाँको विकास,अगाध स्नेह छ, अगाध प्रेम छ।

’जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनले खुलस्त बताए।

काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधरमराएको पनि उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : २८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.