३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

नेकपा एमाले ले आजको प्रतिनिधि सभाको वैठकमा अवरोध गरेको छ।



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधि सभाको वैठकमा अवरोध गरेको छ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्‌हरुले बैठकमा अवरोध गरेका छन्।

मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद खगराज अधिकारीले शुरुमा आपत्ति जनाएका थियाधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिएका थिए भने लगत्तै जवाफ दिनेक्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरु उठेर अवरोध सुरु गरेका थिय ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.