३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

काठमाडौं महानगरपालिकाका २९ वटा वडाको मतगणना सम्पन्न, ३ वडाको बांँकी



काठमाडौं।काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ५९ हजार मत कटाएका छन् । १ लाख ८३ हजार ६७९ मत गणना हुँदा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् ।
दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ३५४ मत प्राप्त गरेका छन् ।

पाँचौं स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५५६५ मत पाएका छन् । विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ६३० मत मात्र ल्याएकी छन्

अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ । अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम मात्र आउन बाँकी छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १० : १३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.