६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सलमान खान नेपाल नआउने



काठमाडौं । भारतीय अभिनेता सलमान खानले नेपालमा प्रस्तुत गर्ने भनिएको कन्सर्ट स्थगित भयो । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम समयमा रोकिएको हो ।

ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमान खानलाई नेपाल ल्याउन लागिएको थियो ।

कार्यक्रम रोकिएको बारे आयोजकले औपचारिक जानकारी दिएको भने छैन । तर, शनिबार कार्यक्रम नहुने निधो भइसकेको स्रोतले बतायको छ । स्थगित हुनुको प्रष्ट कारण भने अहिले सम्म खुलाइएको छैन ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ०४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.