शैक्षिक सत्र सुरु भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्।
यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ बालबालिकाले पुस्तकमा व्यवस्था गरिएको क्रियाकलापमा आधारित शिक्षण सिकाइबाट वञ्चित भएका छन्।
निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्थाअनुसार सरकारले शैक्षिक सत्र सुरु हुनुअगावै बालबालिकाको हातमा पुस्तक पुर्याउनुपर्छ। सरकारले कक्षा १ देखि १० सम्मको नयाँ पाठ्यपपुस्तक बर्सेनि छपाइ गरेर शैक्षिक सत्रको सुरुवातसँगै भर्नाका लागि आउने बालबालिकालाई निःशुल्क वितरण गर्नुपर्ने व्यवस्था शिक्षा ऐनमा गरिएकै छ।