काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९–८० को नीति तथा कार्यक्रम ल्याउँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ ।
नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ । नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ ।