६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टिको आक्रोस पोखे



काठमाडौँ  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टिको आक्रोस पोखेका छन् ।

स्थानीय तह निर्वाचनमा राप्रपा नेपालसँग भएको सहमतिमा एमालेले ननिभायाको थापाको आरोप छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको बताएका थिय ।

चुनावमा हामीले नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौँ । रणनीतिक र व्यवहारिक रुपमा ठीक भएता पनि नेकपा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको कमल थापाको प्रतिवेदनमा भनिएको थियो , ‘यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।

’स्थानीय तहको निर्वाचनमा पार्टीको कुनै महत्वाकांक्षा र अपेक्षा नरहेको पनि थापाको भनाइ छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ४९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.