८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

एलपी ग्याँसको मूल्य २६ सय ८० पुग्न सक्ने



आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एलपी ग्याँसमा अनुदान दिन नसकिने तर त्यसको सट्टा विद्युतको प्रयोगमा अनुदान दिने विषयमा सरकारले गृहकार्य गरिरहेको बताएका हुन् । सरकारले खाना पकाउने एलपी ग्याँसमा अनुदान दिन नसकिने बताएको छ ।

मन्त्री बडूले निरन्तरको घाटाले आयल निगम टाट पल्टिने अवस्थामा पुगेको र यो अवस्थामा ग्याँसमा पनि स्वाचालित मूल्य प्रणाली कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका थिए । नेपालमा पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य कार्यान्वयन गरे अत्यावश्यक वस्तु ग्यासको मूल्य २६ सय ८० रुपैयाँ कायम हुने भएको छ ।

हाल ग्याँसमा सरकारले अनुदान दिँदै आइरहेको छ । जसका कारण उपभोक्ताले १ हजार ८ सय रुपैयाँमा पाउँदै आएका छन् । त्यसबाहेकको ८ सय ८० रुपैयाँ सरकारले अनुदान दिँदै आएको छ । हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको भन्दै स्वचालित मूल्य प्रणाली कार्यान्वयन नभए निगमको आर्थिक अवस्था नाजुक बन्दै जाने बताइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : ४२ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.