मुक्तक १
कुर्दा कुर्दा सूर्य भए अस्त
बेला भो म हुन्छु अब मस्त
चलन यहि छ यो देशको
अखडा आउन सबै व्यस्त !
मुक्तक २
हेर्दैछु कसरी समय फेरिन्छ
चाहिने नचाहिने मैंमा बेरिन्छ
उम्कने उपाय खोज्दा खोज्दै
अनेक झन्झटमा किन घेरिन्छ !
मुक्तक ३
मैले जे चाह्यो त्यहि हुन्छ
गड्बड कसैले गरे देश रुन्छ
म त श्री ३ जङ्ग बहादुर पो हो
मैले जे बोल्यो त्यो विश्वले सुन्छ !
मुक्तक ४
बिकराल भेल छ पौडेर तर्न खोज्दैछु
बिकट छ बाटो दौडेर झर्न खोज्दैछु
मनमा अनेक तरङ्गहरु उठिरहेछन्
सपनाहरु ओडेर म मर्न खोज्दैछु !
९ जेष्ठ २०७९, सोमबार
प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १० : १३ बजे