बागलुङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
चट्याङबाट तीन जना गम्भीर घाइते भएका छन् ।जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर मृत्यु भएको छ ।
चट्याङ लागेर घाइते भएका विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।