६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

गाउँपालिका अध्यक्ष राईले गराए माप्यदुधकोशीका नवनिर्बाचित जनप्रतिनिधिलाई सपथ



 सोलुखुम्बु।जिल्लाको माप्य दुधकाशी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आज सपथ लिएका छन् ।
        उपाध्यक्ष गौरब राईसहित ७ जना वडाध्यक्ष र २८ जना सदस्यहरुलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खास्तावमा आयोजित बिशेष कार्यक्रममा सपथ गराएका हुन।अध्यक्ष राईले भने शुक्रबार सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश सन्तोषप्रसाद पराजुली समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए।
        गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा माप्यदुधकोशीमा अध्यक्ष बुद्धिकिरण राई एमाले र उपाध्यक्ष गौरव राई माओवादी केन्द्रबाट निर्बाचित भएका थिए।राई नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए। नेकपा एमालेको पकड बलियो रहेको माप्यमा गठबन्धन गरेकै कारण माप्यदुधकोशीका ७ वटा वडामध्ये दुईवटा वडामा कांग्रेस,दुईवटा वडामा माओवादी केन्द्रले वडाध्यक्षमा बिजय हाँसिल गरेका छन्।
    एमालेले भने तीनवटा वडामा जीत हांसिल गरेको छ। सो गाउँपालिकाको वडा नं ५ र ६ मा कांग्रेसबाट क्रमशः अबिरल तामाङ र रामप्रसाद मगर तथा वडा नं १ र ४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट सज्जन राई र भक्तबहादुर राई वडाध्यक्ष निर्बाचित भएका छन् ।नेकपा एमालेले भने वडा नं २,३ र ७ को वडाध्यक्ष हात पारेको छ।ती वडामा क्रमशः चन्द्रबहादुर राई,अमित राई र सगुजीत राई वडाध्यक्ष छन्। नव निर्बाचित गाउँपालिका अध्यक्ष राईको यो दोश्रो कार्यकाल हो।सपथ ग्रहणपछि राईले गाउँपालिका अध्यक्षका रूपमा अर्को कार्यकालका लागि पदभार ग्रहण गरेका छन्।गाउँकार्यपालिका भने जेठ १६ गते गठन गरिने अध्यक्ष राईले जानकारी दिए।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ०४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.