काठमाडौं।काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाममा पनि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अगाडि पुगेका छन् ।
भर्खरै एक लाख १२ हजारभन्दा बढी मत गणना हुँदा बालेन केशव स्थापित र सिर्जना सिंहभन्दा १७ हजार मतले अगाडि देखिएका हुन् । दोस्रो स्थानमा रहँदै आएका स्थापित २२ हजार १८० मतका साथ तेस्रोमा झरेका छन् । २२ हजार ५३९ मतका साथ सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन् । बालेनले ३९ हजार २६२ मत पाएका छन् ।
मेयरमा हलो चिन्हले तीन हजार ८६५ मत ल्याएको छ । उपमेयरमा सुनिता डंगोलले पाएको मत बालेनको भन्दा बढी छ । उनले ४० हजार ५२४ प्राप्त गरेकी छन् । नेकपा एकीकृत समाजवादीको कलम चिन्हले १३ हजार ६३७ मत पाएको छ । राप्रपाको हलो चिन्हले आठ हजार ४०१ मत ल्याएको छ । उता,उपमेयरमा एमालेबाट उम्मेदवार सुनिता डंगोलले ४० हजार ५२४ मत ल्याएकी छिन्