काठमाडौं। स्थानीय तहको निर्वाचनमा नेकपा वादी र नेकपा एकीकृत समाजवादीले एक ‘सिट’ पनि जिते आफू सन्यास लिएर वृन्दावन जाने बताएका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले बोली फेरि सकेका छन् । संचारकर्मी प्रकाश सुवेदीको कार्यक्रममा उनले आफ्नो बचाउ गरेका छन् ।
भक्तपुरको सूर्यविनायकमा आफूले सञ्चालन गरेको २ अर्ब बढी लागतको तरकारी बजारको उद्घाटन क्रममा उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक स्थानमा मात्रै जिते भने पनि आफ्नो सबै सम्पत्ति त्यागेर सन्यासी बनी वृन्दावन जाने तर्क दियका थिए।
कार्यक्रमको शुरुमै उक्त भिडिओ क्लिप देखाउँदै प्रकास सुवेदीले प्रसाईंलाई सोधेका थिए, ‘अब कहिले जाने त वृन्दावन ?’
उक्त प्रश्नको जवाफमा प्रसाईंले भने, ‘वृन्दावन किन जानुपर्यो त् मैले ? मैले भनेकै थिय त गठबन्धन नगरेर एक्लाएक्लै जितेर आउनुस् भनेर।”
तर भिडिओमा गठबन्धन नभनेको भन्दै थप प्रश्न सोधिएपछि प्रसाईंले आफूले स्क्रिप्ट लेखेको र त्यसमा गठबन्धन लेखेको बताए।
चुनावमा जित्नका लागि टाउको काटेर फाल्छु, कान काटेर फाल्छु भनेर भन्ने गरिएकोमा यसको मतलब विपक्षीको मनोबल घटाउनका लागि भन्ने गरिएको उनले बताएका छन् ।