६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

नेकपा माओवादी केन्द्रले १२० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ



काठमाडाैं । नेकपा माओवादी केन्द्रले १२० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १२० पालिकामा माओवादीले जित निकालेको हो । मतगणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढी पालिकाको प्रमुख/उपप्रमुखमा माओवादीका उम्मेदवारले जितेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३११ र एमालेले १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।
हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

आयोगले गत वैशाख ३० गते देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १ : ०४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.