१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

उपप्रमुख र नगरप्रमुखगुमाएपछि एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट



चितवन। राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएका छन् ।

पार्टी बैठकमा एमाले उमेदवारहरुको पराजयको कारणबारे टीकाटीपणी भइरहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै सिंहले शनिबार सरोज र गोविन्दविरूद्ध उजुरी दिएका हुन्। बुबा गोविन्दले अपशब्द बोलेर गालीगलौज गरेको र छोरा सरोजले कुटपिट गरेको सिंहले उजुरीमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : १५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.