६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

वाम एकताको प्रयास फेरि



काठमाडौँ । स्थानीय तहको नतिजालाई लिएर सार्वजनिक रूपमा कुनै धारणा सार्वजनिक नगरेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मंगलबार बिहान संघीय संसद्को अवरोध अन्त्य भएको विषयमा खुसी प्रकट गरेका छन् ।

२३ भदौ २०७८ देखि संघीय संसद्मा अवरोध गर्दै आएको एमालेले मंगलबारबाट अवरोध अन्य गरेको छ । यही विषयलाई जोडेर नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेले विवेक प्रयोग गरेको भन्दै वाम एकताको विषय उठायका छन् र वाम एकताका लागि सोच्न आग्रह समेत गरेको बतायका छन् ।

‘अन्ततः एमालेले लामो निरर्थक संसद् अवरोध अन्त्य गर्‍याे । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपथ्र्यो । ढिलै भए पनि विवेकले काम गर्‍याे । राम्रो गर्‍याे,’ उनले लेखेका छन्, ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ भन्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेकाछन ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ११ : ५४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.