काठमाडौँ ।आज भन्दा आठ बर्षअघि ‘मिस ग्लोबल इन्टरनेशनल’का नाममा आफुमाथि भएका यौन हिंसाको विषय सार्वजनिक गरेपछि अहिले चौतर्फी चासोका विषय बनेको छ ।सौन्दर्य प्रतियोगितामा कतिसम्म कुरुप कार्यहरु हुनसक्छन् भन्ने इतिवृतान्त बुधबार बेलुका एक युवतीले सार्वजनिक गरेकी छिन् ।
सौन्दर्य प्रतियोगिताका आयोजकबाटै आफुलाई बलात्कार जस्तो जघन्य अपराध एकपटक होइन, ६÷६ महिनासम्म पटकपटक भएको भन्दै बुधबार बेलुका एक युवतीले कहालीलग्दोइतिवृतान्त सार्वजनिक गरिन् ।
उनको कहानी सुनेपछि सामाजिक सञ्जालनै यतिबेला स्तब्ध बनेको छ । आजभन्दा ८ बर्षअघि सन् २०१४ मा आयोजना भएका ‘मिस ग्लोबल इन्टरनेशनल’का आयोजक मनोज पाण्डेले आफुलाई काठमाडौंको तारे होटलमा बोलाएर पियपदार्थमा बेहोसीको औषधी मिलाई पहिलोपटक बलात्कार पीडित युवतीको भनाइ छ ।