६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

अछामतिर जाँदै गरेको बस डोटीमा दुर्घटना, १८ महिने बच्चा बेपत्ता, १३ जना घाइते



काठमाडौं।डोटीमा बस दुर्घटना हुँदा १८ महिने बच्चा बेपत्ता भएका छन्।

शनिबार बिहान सवा ५ बजे शिखर नगरपालिका-१ गेरूपानीस्थित धनगढी हुँदै अछाम तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका हुन्। प्रहरी नायब उपरीक्षक भट्टका अनुसार ना ५ ख ९६६३ नम्बरको बस सडकबाट अन्दाजी ७०- ८० मिटर तल सेती किनारमा खसेको हो। दुर्घटनामा परी १३ जना घाइते भएका छन्।

जसमध्ये चार जनाको धनगढीमा उपचार भइरहेको छ। बाँकीको दिपायलस्थित शैल्यशिखर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ‘रिफर गरिएका चार जना घाइतेहरूमध्ये एक जना गम्भीर घाइते छन्,’ उनले भने, ‘बसका चालक पनि भागेका छन्।’ बसमा २०-२२ जना यात्रुहरू सवार थिए। बेपत्ता भएका बालकको खोजी भइरहेको छ। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बालकको खोजी गर्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १ : ३३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.