१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

फेरि हुनेभयो वाम एकता, प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष केपि वलि अध्यक्ष गर्ने सहमति !



स्थानीय तहको निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले यस्तो पहल सुरु गरेका हुन् ।चुनावी परिणामप्रति सबैभन्दा बढी असन्तुष्टि माओवादीमा देखियको छ ।

माओवादी नेताहरु खुलेआम काँग्रेसबाट हामीलाई धोका भयो भन्दै कराइरहेका छन् ।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज ट्वीट गर्दै वाम एकताको सम्भावना औल्याएका छन् । उनले एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको बताए ।

माओवादीका नेता प्रचण्ड र वर्षमान पुन ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् ।यसअघि प्रचण्डले भरतपुरको सभामा बोल्दै माओवादीलाई मत नदिएर टेन्सन नदिन चेतावनी दिएका थिए ।

प्रचण्डले घुमाउरो पाराले गठबन्धन नै तोड्न सक्ने समेत बताएका थिए । यसले राजनीतिकवृत्तमा तरङ्ग ल्याएको थियो ।नेकपा एसका सम्मानित नेता झलनाथ खनाल समेत गठबन्धनबीचको तालमेलमा धोका भएको भन्दै असन्तुष्ट छन् ।

उनले गठबन्धनबारे पुनः विचार गर्ने समेत बताएका छन् । खनालले एमालेसँग पुनः एकताको सम्भावना औल्याए ।गठबन्धनबीच चुनावी तालमेलले नेपाली काँग्रेसलाई सबैभन्दा फाइदा पुगेको छ । काँग्रेसले ७५३ पालिकामा ३ सय कटाउने निश्चितप्रायः छ ।

एमाले २ सयको हाराहारीमा पुग्ने देखिन्छ । माओवादी भने एक सय कटाएर तेस्रो स्थानमा रहने देखिएको छ ।नेकपा एसले भने आशा गरेभन्दा कम पालिका जित्ने देखिदैछ । एसले २० को हाराहारीमा पालिका जित्ने सम्भावना छ ।यसकारण पनि माधव नेपाल र झलनाथ खनाल असन्तुष्ट बनेका छन् ।

६८४ स्थानीय तहको नतिजा घोषणा, काँग्रेसले ३ सतक कटायो
स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ ।कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो ।शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४४६ जनप्रतिनिधि विजयी भएका छन् ।

यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।नतिजाअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा जितको संख्या ३ सतक कटाइसकेको छ ।

आइतबार बिहानसम्म काँग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष जितेर ३ सतक कटाएको हो ।यस्तै एमाले दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । एक साताअघि देखि सुरु मतगणना अझै जारी रहेको छ ।बाँकी स्थानीय तहको नतिजा पनि अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १ : १० बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.