काठमाडौं।बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। हालसम्म ७५३ पालिकामध्ये ६८२ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ।जसमा १ महानगरसहित २३७ नगरपालिका र ४४५ गाउँपालिका छन्।
नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ नगरपालिका र १८४ गाउँ पालिकामा प्रमुख पद जितेको छ भने दोश्रोमा नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिकासहित १८५ पालिकामा प्रमुख पद जितेको छ।
नेकपा माओवादी केन्द्रले २१ नगरपालिका र ९६ गाउँपालिकासहित ११७ पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित १६ वटा पालिकामा प्रमुख पद जितेको छ।
जनता समाजवादी पार्टीले २३ पालिकामा प्रमुख पद जित्दा लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकामा प्रमुख पद जितेको छ।
अन्य २६ पालिकामा अन्य पार्टीले चुनाव जितेका छन्।