६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एमालेले ल्याएको मत निराशाजनक छैन : योगेश भट्टराई



काठमाडौं। एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । सं

सद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको दाबी गरे । पार्टी हारको कारणमा उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताउँदै उहाँले कतिपय ठाउँहरूमा पार्टीलाई जिताउन नलागी विरोधीहरूलाई जिताउन साँठ गाँठ गरिएको पनि बताए ।

 काठमाडौं महानगरपालिकामा कांग्रेस, एमालेलगायतका ठुला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको पनि भट्टराईको टिप्पणी थियो । त्यसै गरी एमालेका रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरूलाई भोट नदिएको बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ४७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.