सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष अशिम राईले शपथ लिएका छन्।
जिल्ला सदरमुकामस्थित मुख्यनिर्बाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राईले सपथ लिएका हुन्।राईलाई सोलुखुम्बु जिल्लाका मुख्य निर्बाचन अधिकृत सन्तोषप्रसाद पराजुलीले बिहिवार सपथ गराएका थिए।
राई गत शुक्रबार सम्पन्न स्थानीय तह निर्बाचनमा माओवादी केन्द्रको तर्फबाट सोलुखुम्बु जिल्लामा निर्बाचित एकमात्र पालिका प्रमुख हुन्।नेकपा माओवादी जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक राई ०७४ सालमा पनि सोही गाउँपालिकाको अध्यक्षमा निर्बाचित भएका थिए।
जिल्लाका अन्य ७ पालिकाका प्रमुख हरुलाई भने शुक्रबार सपथ गराउने तयारी रहेको जिल्लास्थित प्रमुख निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ।सम्पन्न निर्बाचनबाट सोलुखुम्बु जिल्लाका ८ पालिका मध्य ५ वटामा नेपाली कांग्रेस,२ वटामा नेकपा एमाले र एउटामा बिजय हांसिल गरेको थियो ।
निर्बाचित घोषणा भएको ७ दिन भित्र पालिका अध्यक्षले मुख्य निर्बाचन अधिकृतसमक्ष सपथ गर्नुपर्ने ब्यबस्था रहेको छ।पालिका अध्यक्षले सपथ लिएपछि उनले सम्बन्धित पालिका उपप्रमुख,वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउने छन् ।