१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

सूर्यबिनायक नगरपालिकामा फेरि एमाले,प्रमुखमा दोहोरिए बासुदेव थापा



भक्तपुर ।सूर्यविनायक नगरपालिकाको नेकपा नगरप्रुमखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले हराउँदै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए । यस्तै उपप्रमुखमा पनि एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४ सय ९० मतसहित गठबन्धनबाट उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित गरेकी हुन । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् । सूर्यविनायक नगरका १० मध्ये पाँच वडामा एमाले र पाँच वडा अध्यक्ष काँग्रेसले जितेको छ। काँग्रेसले २, ३, ४, ६ र ९ नं मा जित हात पार्न सफल हुँदा एमालेले वडा नम्बर १, ५, ७, ८ र १० मा जित निकालेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : ४६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.