१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

सोलुखुम्बु। थुलुङदुधकोशीको अध्यक्ष दोहोरिए अशिम र उपाध्यक्षमा सबिता राई



सोलुखुम्बु। थुलुङदुधकोशीको अध्यक्ष दोहोरिए अशिम र उपाध्यक्षमा सबिता राई काठमाडौं।

जिल्लाको थुलुङदुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार अशिम राई अध्यक्षमा पुनः निर्बाचित भएका छन्। बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनको आईतवार सम्पन्न मतगणनामा ४ हजार ४९ मतसहित गाउँपालिका अध्यक्षमा निर्बाचित भएका हुन्।राईका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बीरबहादुर गुरुङले ३ हजार ५ सय ११ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसको गढ मानिने थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षका रूपमा राईको यो दोश्रो कार्यकाल हो। उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार सविता राई पुनः निर्बाचित भएकी छन्।उनले ३ हजार ८ सय मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३५२३ मत ल्याएकि छन्। अध्यक्षमा निर्बाचित राई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका संयोजक समेत हुन्। अध्यक्ष निर्बाचित भएपछि राईले आफुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्दै दोश्रो कार्यकालको आफ्नो जीतको औचित्य काम र जनसेवाबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : २८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.