१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद मिलेको छ



चितवन । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद मिलेको छ । सर्वदलीय बैठकले विवाद समाधान गरेपछि मतगणना सुरु भयको हो । मतपत्रमा स्वस्तिक छाप पुर्णरुपमा लागको र क्रस चिन्ह प्रष्ट देखिने मतलाई मात्र सदर गर्नेगरी सहमति भएको जनाइएको छ ।

छाप प्रस्ट नभएको भन्दै मतपत्रमा उम्मेदवारका प्रतिनिधिबीच विवाद सुरु भएपछि महानगरको मतगणनास्थल मै सर्वदलीय बैठक बोलाइएको थियो ।

अहिले भने मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला मत गणना अवरुद्ध भएको थियो ।

मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मतगणना भै सकेको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६, विजय सुवेदीले १८१४ मत पाएका थिय भने स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका थिय ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ३१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.