१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

प्रचण्ड बहुमतसहित एमालेको प्यानलै खुम्बु पासाङल्हामु गाउँपालिकामा बिजयी



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सगरमाथाको प्रवेशद्वार खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा एमालेका लोकप्रिय युवा नेता प्रचण्ड बहुमतसहित मिङमाछिरी शेर्पा बिजयी भएका छन।

नेपाली कांग्रेसका चुङ्बा लामालाई पराजित गर्दै शेर्पा गाउंपालिका अध्यक्षमा निर्बाचित भएका हुन।
अध्यक्ष निर्बाचित शेर्पाले २ हजार २८ मत निकटतम प्रतिद्वन्द्वी चुङबा शेर्पाले १ हजार ६ सय ९ मत प्राप्त गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका प्रचार बिभाग प्रमुख लाक्पाछिरी शेर्पाले जानकारी दिए।

अध्यक्षमा निर्बाचित शेर्पा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका उपसचिव हुन्।गाउंपालिका उपाध्यक्षमा २ हजार २३ मत सहित विजयीसहित निबर्तमान उपाध्यक्ष टासील्हामु शेर्पा नै दोहोरिएकी छन्।१ नं वडा बाहेक अन्य वडामा समेत एमालेकै उम्मेदवारहरु बिजयी भएका छन् ।

निर्बाचित वडाध्यक्षहरुमा१, २,३,४,५ क्रमशः फुनुरु शेर्पा ,आङफूर्वा शेर्पा, नुरूजाङबु शेर्पा,लक्ष्मण अधिकारी र पासाङ ग्याल्जेन शेर्पा रहेको शेर्पाले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : १८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.