५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित



सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भए।

मिङ्मा छिरी शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका छन् ।

 

उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवार टासी ल्हमु शेर्पाले २०२३ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्मला कार्की थापा मगरले १५८२ र नेकपा माओवादी केन्द्रका एञ्जल राईले ११३ मत प्राप्त गरे ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ४४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.