काठमाडौं।मुगुको खत्याड गाउपालिका -८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न् । आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन ।
उनीहरूले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न् ।
किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन् ।