६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गुण्डुमा मत किन्न गएका कांग्रेस नेता जनताको घेरामा सेना प्रहरिले गरे सकुसल उद्धर



सुर्यबिनायक न पा वार्ड न ७ गुण्डुमा कांग्रेस वडा अध्यक्ष उम्मेद्वार हरि खडका , क्षेत्रीय सभापति भेषबहादुर कार्की र जिल्ला सचिब शुसील बस्नेत सहितको टोली ३ वटा गाडी र २० वटा मोटरसाइकल सहित भोट किन्न राति साँडे १० बजे धोबिखोला स्थित पिपल डाँडामा भोज खाइरहदा स्थानियको घेरामा परेका छन्। एमाले नेता महेश बस्नेतको घर भएको र एमालेको गड मानियाको उक्त वार्डमा यो कदम काँग्रेसको निम्ति निकै घातक भएको छ्। घ्याम्पेडाडा , खहरे र अन्तलिङ्गेश्वरबाट स्थानियले घेरा हालेपछि गुण्डु क्षेत्र राति ३ बजे सम्म तनाब ग्रस्थ बनेको थियो। । राति नै कांग्रेस जिल्ला सभापति दुर्लभ थापा निकै अत्तालिदै प्रधान्मन्त्री देउवा र बाल्कृष्ण खाँड संग सहयोग मागेका थिए। करिब राति १ बजे डिएसपी को नेतृत्वको जनपथ सशत्र र सेनाको टोलि घटना स्थलमा पुगेको थियो। स्थानीयको संयमता र सुरक्षा निकाएको सजगताले कुनै अप्रीय घटना भने घटन पाएन्। सुरक्षा निकायले रातिनै काग्रेस नेता कर्यकर्ताको उद्धार गरेको छ्। सधैं झै शान्तिपुर्ण ढंगले निर्बाचन हुने भक्तपुरमा हिजो बिरामि हेरेर फर्कने क्रममा सुरयबिनायक वर्ड न्ं ५ कटुन्जेमा एमाले अध्यक्ष्य उम्मेद्वार राजकुमार जोसी र सद्स्य उम्मेद्वार मनोज थापा समेतलाई कांग्रेस जिल्ला सभापति दुर्लभ थापा समेत रहेको टिमले दुरब्यबहार र हात पात भए पछि स्थिति तनाब ग्रस्थ हुन थालेको हो। यस्ता घटनाका कारण भोलिको निर्वाचन शान्तिपूर्ण नहुने हो कि भन्ने संका उब्जिएको छ्। अघिल्ला निर्बाचनमा समेत संबेदनशील ठानिएका बालकोटको गणेश प्राबि र महेन्द्र्शान्ति मतदान केन्द्र र कटुन्जेको वार्ड कार्यालय र शुसिला भैरब मतदान केन्द्रमा कांग्रेसले कुने हर्कत गर्यो भने एमालेको बलियो पकड भएको सिरुटार दधिकोट गुण्डु सिपाडोल चित्तपोल नंखेलमा रहेका १२ वटा केन्द्रमा समस्या हुन सक्दछ्। प्रशासनले साबधनि अपनाउदाँ राम्रो हुने कुरा स्थानिय जानकार बताउछन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ०२ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.