७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

भरतपुरमा मन्त्रीको ताँती, गठबन्धनको उम्मेदवारी रद्द गर्न एमालेको माग



नेकपा एमालेले चितवनमा आचारसंहिताविपरीत पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू मतदाता प्रभावित गर्ने कार्यमा संलग्न भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

चितवनका एमाले अध्यक्ष रामप्रसाद न्यौपानेले बिहीवार विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने कार्य गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ३ : १७ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.