भोलि हुन गहिरहेको निर्वाचनको पूर्वसन्ध्यामा राखिएको भोज खान न आयको आरोप लगाउँदै सिन्धुुपाल्चोकमा काँग्रेस कार्यकर्ताले सर्वसाधारणलाई कुटेका छन् । काँग्रेसहरुले हिजो आयोजना गरेको मासु भातको कार्यक्रममा उपस्थित नभएपछि खिम्जु तामाङलाई निर्घात कुट पिट गरेका हुन् ।
हिजो बेलुकी हेलम्बु गाउँपालिका ३ पाल्चोकमा नेपाली काँग्रेसका कार्यकर्ताले केहीलाई मरणासन्न हुनेगरि कुटेको बताइन्छ । ‘भोज खान बोलाउँदा किन नआएको ?’ भन्दै उनीहरुले लाठी, मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
काँग्रेसको मासु भात खान नगएका खिम्जु तामाङलाई नेपाली कांँग्रेसका प्रेम पाख्रिनको टोलीले टाउको र ढाडमा धारिलो हतियारले हानेका हुन् । हिजो साँझ ८ बजेको उक्त घटनामा सख्त घाइते खिम्जुलाई थप उपचारको निम्ति धुलिखेल ल्याइएको छ । खिम्जु एमाले समर्थक भएकाे स्थानीय एमाले कार्यकर्ताले बताएका छन् ।