९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मतदाता परिचय पत्र वितरणसंगै मतदाता शिक्षा दिंदै निर्बाचन आयोग



 काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण कार्य गरेको छ ।

निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । मतदाता परिचय पत्र वितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे समेत जानकारी गराएको हो । मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्ने आयोगले जनाएको छ ।

मतदाताले हरेक पदका लागि आफूले रोजेको सातजना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते देशभर हुँदैछ । आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएका सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको हो।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ४९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.