६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

जसले सुरु हुन लागेको योजना रोके उनीहरू नै नेचासल्यानमा बिकासका ठुला कुरा गरिरहेका छन् : बास्तोला



 सोलुखुम्बु। नेकपा एमाले सोलुखुम्बुका निबर्तमान अध्यक्ष डुफकुमार बास्तोला निर्बाचनमा पराजित हुने निश्चित भएपछि बिपक्षीहरुले आफुबिरुद्ध अनेकौं भ्रमहरु सिर्जना गर्न खोजीरहेको बताएका छन्।

आगामी शुक्रबार हुने स्थानीय तह निर्बाचनका लागि नेकपा एमालेको तर्फबाट नेचासल्यान गाउँपालिकामा अध्यक्षका प्रत्यासी उम्मेदवार समेत रहेका बास्तोलाले मतदातालाई भ्रमित बनाउने गरि छरिएका त्यस्ता चुनावी फण्डा नेचासल्यानबासीहरुले राम्ररी बुझिसकेका कारण आफ्नो जीतलाई कसले पनि रोक्न नसक्ने बाँस्तोलाको भनाइ थियो। नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीका अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा सोमबार बिहिवारे बजारमा सम्पन्न स्थानीय तह निर्बाचन लक्षित बृहत चुनावी जनसभा तथा घोषणापत्र सार्बजनिक कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले भ्रम फैलाउनेहरुलाई आफुले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौती दिए।अघिल्लो पांँचबर्षे कार्यकालमा नेचासल्यानको अध्यक्ष हुँदा मात्रै होईन आफू ०५४ सालदेखि नै वडाध्यक्ष र जिबिस सदस्यका रूपमा जनप्रतिनिधि रहंदै आएको जानकारी दिंदै उनले भने-‘मैंले एक रुपैयाँ पैसा हिनामिना गरेको प्रमाणित गर्न सक्ने ताकत कसैको छैन।’ नेचासल्यान गाउँपालिकाको अध्यक्ष भएपछि डुफकुमारले काठमाडौंमा घर किन्यो भन्ने भ्रम कतिपयले फैलाई रहेकोमा आक्रोश व्यक्त गर्दै उनले काठमाडौंमा तेरो घर यो हो भनेर कसैले देखाउन सक्छ भने सो घर उसैका नाममा रजिस्ट्रेसन पास गरिदिने बताए। सूर्यलाई बादलले छेक्ने जतिसुकै प्रयास गरे पनि त्यो क्षणिक हुने उनको टिप्पणी थियो।बिरोधीहरुले फैलाएको भ्रम र अफवाहकाबीच नेचासल्यानबासीहरुले दिएको माया,सद्भाव र प्रतिक्रियाले एमालेको जितका लागि मतदानको प्रक्रिया पुरा गर्न मात्रै बाँकी रहेको उनको दावी थियो ।

०७४ सालको स्थानीय तह निर्बाचनमा आफुले पहिलो पटक जित्दा बस्ने कुर्सी पनि नभएको कठिन अवस्थाबाट काम सुरु गरेर घोषणापत्रमा उल्लेख भएका झन्डै ८० प्रतिशत काम पूरा गरेको जिकिर गर्दै अपुरा कामलाई पुर्णता दिदै प्रशासनिक भवन, सडक कालोपत्रे, विद्युतीकरण लगायतका क्षेत्रको स्तरोन्नतिका लागि काम गर्न आफुले पुन: उम्मेदवारी दिएको उनले स्पष्ट पारे।कांग्रेस र माओवादी केन्द्रले बिकासका चर्का कुरा गर्ने गरे पनि नेचासल्यानमा हुन लागेको बिकास योजना पनि ऊनीहरुले रोकेको बांस्तोलाको आरोप थियो।तत्कालीन एमाले नेतृत्वको सरकार हुँदा सम्झौता भएर टेण्डरको प्रक्रिया सुरु भइसकेको सल्लेरी-नेचासल्यान सडक कालोपत्रेको काम कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेपछि कटौती गरेको भन्दै प्रश्न गरे,- अगाडी बढीसकेको बिकास योजना रोक्नेले बिकास र समृद्धिको ठुलो कुरा गर्न सुहाउँछ?

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ९ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.